शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुनको भाउ घट्यो, चाँदीको बढ्यो
समाचार

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

सुनको भाउ

साउन २७,
काठमाण्डौ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँमा थियो । लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ अस्ति आइतबारदेखि घट्न थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ अस्थिर हुँदा नेपालमा घटेको महासंघले जनाएको छ । सुनको भाउ घटे पनि चाँदीको भाउले भने रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु