बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कोरोनाबाट उपत्यकामा ३ सहित एकैदिन ५ जनाको मृत्यु, मृतकको संख्या ८० पुग्यो : संक्रमित २३ हजार ३ सय बढी
समाचार

कोरोनाबाट उपत्यकामा ३ सहित एकैदिन ५ जनाको मृत्यु, मृतकको संख्या ८० पुग्यो : संक्रमित २३ हजार ३ सय बढी

कोरोनाको मृतकको दैनिक बढेको बढै

साउन २६

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको ज्यान मृत्यु भएको छ । काठमाण्डौ उपत्यकामा कोरोनाका कारण एकैदिन तीन जनाको मृत्यु भएको छ । ललितपुरमा दुई जना र काठमाण्डौमा एक जनाको मृत्यु भएको हो ।  ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो । उनीआइतबार दिउँसो छातीको सङ्क्रमण र निमोनियाको उपचार गराउन अस्पताल पुगेकी थिइन् ।

यस्तै काठमाण्डौको बानेश्वर बस्ने ७६ वर्षीय पुरुषको पनि सोमबार बिहान चावहिलमा रहेको मेडिकेयर अस्पतालमा मृत्यु भएको छ । जिउ दुख्ने तथा श्वासप्रश्वासमा कठिनाइ आएपछि उनी गएको २३ गते अस्पताल भर्ना हुभएका थिए ।

यस्तै काठमाण्डौ कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनी मिर्गाैलाका दीर्घरोगी बिरामी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । निमोनिया भएपछि उनी गएको असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत रहेका थिए ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेको कोहलपुर नगरपालिका २ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।

यस्तै पर्साको देवयानी १५ का ४५ वर्षीया महिलाको शनिबार नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ । थप ३३८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए  ।

पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले १० हजार ७ सय ५९ जना क्वारेन्टिनमा र ६ हजार ७ सय ३८ जना आइसोलेसनमा रहेका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु