शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कांग्रेस रामेछापका महेश कार्की पार्टीको संघीय मामिला तथा प्रदेश समन्वय विभाग सदस्य
रामेछाप बिशेष

कांग्रेस रामेछापका महेश कार्की पार्टीको संघीय मामिला तथा प्रदेश समन्वय विभाग सदस्य

कांग्रेस

साउन २६,

रामेछाप । नेपाली कांग्रेस रामेछापका युवा नेता महेश कार्की नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिद्वारा गठित संघीय मामिला तथा प्रदेश समन्वय विभाग सदस्य बनेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४ सय ५७ जनालाई मनोनयन गरेका थिए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले पार्टी सभापतिलाई एकलौटी नियुक्ति रोक्न माग गरिरहेका बेला सभापतिले ठूलो संख्यामा थप नियुक्ति गरेका हुन्। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७(संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरिएको जनाएका छन्।
सोही अवसरमा कार्कीले संघीय मामिला तथा प्रदेश समन्वय विभाग सदस्यको जिम्मेवारी पाएका हुन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु