शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एन्फाले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको आजदेखि कोरोना परीक्षण गर्ने
समाचार

एन्फाले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको आजदेखि कोरोना परीक्षण गर्ने

खेल अखिल नेपाल फुटबल संघ (एन्फा)

साउन २६,
काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको आजदेखि कोरोना परीक्षण गर्ने भएको छ ।  फिफा विश्वकप छनोटका लागि तयारी गर्नु अगाडि एन्फाले कर्मचारी र प्रशिक्षकको कोरोना परीक्षण गर्ने भएको हो ।

आज काठमाण्डौ बाहिरबाट आएर होटलमा क्वरेण्टीनमा बसेका ११ जना खेलाडीको कोरोना परीक्षण हुनेछ । उनीहरुको बिहान १० बजेदेखि पाटन अस्पतालमा कोरोना परीक्षण हुने भएको हो । भदौ १ गतेबाट प्रशिक्षण सुरु हुनेछ । काठमाण्डौ उपत्यका बाहिरबाट आएका ११ खेलाडी होटलमा बसेका छन्, भने २२ जना खेलाडी घरमा नै होम क्वरेण्टीनमा छन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्ने योजना छ । नेपालले आउँदो असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दैछ । त्यसको ५ दिनपछि अर्थात् असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु