बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपालमा ४६४ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो
समाचार

नेपालमा ४६४ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

कोरोना

साउन २३ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनु भयो । मृतकमा पर्साका ३ जना तथा सिरहा र सर्लाहीका एक एक जना हुन् ।

पर्साका ४५ वर्षीय, ५७ वर्षीय र ७९ वर्षीय तथा सिराहाका २५ वर्र्षीय र सर्लाहीका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २२ हजार २ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा अहिलेसम्मकै बढी एक सय ६ जना रहेका छन् ।हाल ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । ३ जना भेन्टिलेटरमा रहेका छन् ।

हाल १० हजार २ सय ७ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ सय २५ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ८ सय १४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु