शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • लिखु तामाकोशी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष पार्टीले गर भनेको काम मात्रै गर्छनः एक गाउँबाट अर्को गाउँको बाटो बन्द
रामेछाप बिशेष

लिखु तामाकोशी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष पार्टीले गर भनेको काम मात्रै गर्छनः एक गाउँबाट अर्को गाउँको बाटो बन्द

आइतबारदेखि सोमबारसम्ममा हल गरिदिने बाचा

साउन २३,
रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ५ भालुखोपका ५५ घरधुरीका स्थानीयहरुलाई सो ठाउँका ओल्लो गाउँका स्थानीयहरुले आवतजावत गर्नबाटै बञ्चित गरेका छन् । वि.सं २०७३ सालमा वडाको पहलमा खनेको सडक स्थानीय केही जान्ने बुझ्नेहरुले सडकमा पर्खाल लाएर सडक/बाटो जानिजानी थुनेको स्थानीय राजन बस्नेतले जुनेली न्युजलाई जनाकारी दिए । उनका अनुसार ब्यक्तिको स्वास्थाकै लागि बाटो आवतजावतमा समस्या पारिएको हो ।

मन्थली नगरपालिका वडा नं २ कठजोरबाट जोड्ने सडक र सोही ठाउँको मानेडाँडाबाट ५ नं गाउँजाने बाटो थुनिदा स्थानीयहरु आदीबाटोमा सवारी साधन छोडेर घर जना बाध्य भएका छन् । बाटो भैरे भनेर चिनिने स्थानीय पृथ्वी बहादुर बुढाथोकीले सोही ठाउँका प्रेम बहादुर बुढाथोकीले थुन्नलाई अरायपछि थुनेका थिए । उनले सार्वजनिक ठाउँमै मैले बाटो थून्न लगाएको हो ।

बाघको छालामा स्यालको रजाई गर्ने यो ठाउँ हैन भने, भन्ने भनाइ उदृत गर्दै राजनले जुनेली न्युजसंग भने । उनले बाटो छेक्नुको कारण भनेको उनको घरको ठाउँसम्म बाटो नपुग्नु रहेको कारण उनले बताए । राजनले, उनको घरसम्म बाटो नलगिएकोले नै बाटो छेकेर मानिसहरुलाई सवारी आवत्जावतमा समस्या पारेको बताए । बाटो बन्द गरेको करिब तीन महिना नाघेको छ ।
बाटो खुलाउनको लागि स्थानीयहरुले वडामा निवेदन पनि पेश गरेको राजनले बताए । निवेदन उनका बुबा ५५ वर्षीय बुद्धि बहादुर बस्नेतसहितको टोलीले बुझाएको थियो । तर हालसम्म पनि निवेदनमाथि कुनै सुनुवाई नभएको राजनले जानकरी दिए ।

उनले भने वडा अध्यक्ष्यले आफूहरुको मागलाई कुनै पनि पहल नगरेको उनले गुनासो गरे । वडा अध्यक्षले हामीलाई यो तपाईहरुको समस्या रहेछ । तपाईहरुनै मिलाउनुहोस् म, पार्टीले पठाएमा आएर मिलाई दिउँला नत्र म, सक्दिन भन्ने जवाफ दिएको उनको भनाई उदृत गर्दै राजनले जुनेली न्युजसंग दुखेसो सुनाए ।

राजनले आफूहरुको माग त्यो बाटो खुलाउनै पर्छ भन्ने नरहेको बताए । तर जाहाँबाट भएपनि हामीलाई बाटो चहियो, केही व्यक्तिको स्वार्थको लागि हामीलाई बाटो हिड्ने, अधिकारबाट बञ्चित् नगरियोस्, हामीले अरु केही मागेका छैन्उ, उनले दुखी हुदै भने ।

यता वडा अध्यक्ष सोम बहादुर तामाङ भने आफू बाटो रोक्नको लागि कुनै पनि पक्षमा नलागेको दाबी गर्छन् । उनले जुनेली न्युजलाई आफ्नो कुनै पनि गल्ती नभएको दाबी गर्दै त्यो समस्या आउदो आइतबारदेखि सोमबारसम्ममा हल गरिदिने बाचा गरेका छन् । उनले केही स्थानीयहरु पीडित भएको बताउदै आफूले पहिलेनै पहल गरेर बाटो खोल्ने विश्वास् दिलाएको जिकिर गर्छैन् ।file Photo

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु