बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • थप ३८१ जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो
समाचार

थप ३८१ जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

कोरोना

साउन २१ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । पछिल्लो २४ घण्टामा पर्साका दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो । १८ वर्षीया युवती र ४६ वर्षीय पुरुषको मृत्यु भएसंगै मृतकको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ८१ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको हो । थपिनेमा काठमाडौं उपत्यकाका ६२ जना रहेका छन् । जसमा काठमाडौंका ५७ तथा ललितपुरका ५ जना हुन् ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७४ रहेको छ । पछिल्लो २४ घण्टामा एक सय ३० जनालाई निको भएको छ । हालसम्म निको भएकाको संख्या १५ हजार १ सय ५६ पुगेको छ । जुन ७० दशमलव ८ प्रतिशत हो ।

हाल ६ हजार १ सय ७४ जना आइसोलेसनमा रहेका छन् । ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको मात्र पीसीआर परीक्षण भएको छ । सरकारले भने कम्तीमा १० हजारको परीक्षण गराउने भन्दै आएको छ । मन्त्रालयले कोरोनाबाट बच्ने एकमात्र उपाय सामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह गरेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु