मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मदन पुरस्कारका लागि छनोटमा परे यी सात कृति
समाचार

मदन पुरस्कारका लागि छनोटमा परे यी सात कृति

साउन २१,

काठमाडौं । यस वर्षको मदन पुरस्कारको लागि ७ कृति छनोटमा परेका छन्। मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७६’ले सार्वजनिक गरेको कृतिमा विमल निभाको जोकर बन्दुक, ललित विष्टको मोहपथ, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको पतित्यक्ता, योगी धर्ममहारसको महारसनीघण्टु, चन्द्रप्रकाश बानियाँको महारानी र शारदा शर्माको ‘यात्रामा’ रहेका छन्।

यो वर्ष गुठीलाई १५१ पुस्तकहरू प्राप्त भएका गुठीले जनाएको छ। यी सात वटा कृतिमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कारको राशी ४ लाख रुपैयाँ छ।

फेसबुक प्रतिक्रियाहरु