मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • आज ४१८ जना थपिए कोरोना संक्रमित
समाचार

आज ४१८ जना थपिए कोरोना संक्रमित

कोरोना

साउन १९,

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए । थपिनेमा काठमाडौं उपत्यकाका ५१ जना रहेका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा ३ सय ५८ जनाले कोरोना जितेर घर फर्केका छन् ।

हालसम्म निको भएकाको संख्या १४ हजार ९ सय ६१ पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ रहेको छ । २४ घण्टाको अवधिमा ७ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षण भएको छ । हाल ५ हजार ७ सय ३२ जना आइसोलेसनमा रहेका छन् ।

१० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमले ६० वर्ष पुगेका वृद्धवृद्धा तथा १२ वर्ष मुनिका बच्चाबच्चीलाई घर बाहिर ननिस्कन आग्रह गरे ।

वृद्धवृद्धलाई कोरोना भएमा बचाउन गाह्रो हुने र बच्चाबच्ची सामाजिक दूरीमा बस्न नसक्ने भएकाले घर बाहिर ननिस्कन आग्रह गरिएको हो ।file Photo

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.19

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.19#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Monday, August 3, 2020

फेसबुक प्रतिक्रियाहरु