शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भारतमा कोरोनाको बिताण्ड : गृह मन्त्रीमा पुष्टि, उत्तर प्रदेशका शिक्षामन्त्रीको मृत्यु, अमिता बच्चन डिस्चार्ज
शिक्षा

भारतमा कोरोनाको बिताण्ड : गृह मन्त्रीमा पुष्टि, उत्तर प्रदेशका शिक्षामन्त्रीको मृत्यु, अमिता बच्चन डिस्चार्ज

कोरोना

साउन १८

कमला रानी मृतक

भारतको उत्तर प्रदेश राज्य सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनउस्थित पीआईजी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । उनको निधनप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गर्दै राष्ट्रले ठूलो क्षति व्यहोरेको जानकारी दिए ।

त्यस्तै भारतीय गृह मन्त्री अमित शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे छ । गृह मन्त्री शाहले आफूमा कोरोना लक्षण देखिएपछि जाँच गराउँदा रिपोर्ट पोजेटिभ देखिएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराए । साथै उनले आफ्नो अवस्था सामान्य रहेको र  डाक्टरको सल्लाहमा अस्पतालमा भर्ना हुँदै गरेको जनाकारी दिए ।

त्यस्तै बलिवुड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएर घर फर्किनुभएको छ । आजको परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएको अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिए ।

अमिता बच्चको पेज हेर्न याँहा किलिक गर्नुहोस्

 

 

फेसबुक प्रतिक्रियाहरु