बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • रामेछापका यूवाहरुको नमुना काम : आगोलागी पीडितलाई पाँच लाखभन्दा धेरै सहयोग हस्तान्तरण, अझै जारी
रामेछाप बिशेष

रामेछापका यूवाहरुको नमुना काम : आगोलागी पीडितलाई पाँच लाखभन्दा धेरै सहयोग हस्तान्तरण, अझै जारी

सहयोग हस्तान्तरण, अझै जारी

साउन १८,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारमा आगोलागी पीडित परिवारलाई सोही ठाउँका  यूवाअभियन्ताहरुले आर्थिक सहयोग गरेका छन् । उनीहरुले गत साउन १७ गते शनिबार आगोलागी पीडितका परिवारलाई विभिन्न ठाउँमा रहेका नेपालीहरुका संगको सहयोगमा ५ लाख ५६ हजार १ सय ७२.४७ पैसा (पाँचलाख छपन्न हजार एक सय बहत्तर रुपैयाँ सढ्चालिस पैसा) आर्थिक सहयोग गरेको स्थानीय ओङ्दि शेर्पाले जुनेली न्युजलाई जनाकारी दिए । आगोलागीको चपेटामा परेका तिलक बहादुर नेवारको परिवारलाई घर पुनः निर्माणका लागी देशबिदेशबाट उनीहरुले सहयोग संकलन गरेका थिए ।

शनिबार उनीहरुले नेवारको घरपरिवारलाई राहात स्वारुप उनीहरु बसोबास गर्दै आएको गोरुण्डामा पुगि वडा अध्यक्षसहितको टोलीले सोरकम हस्तान्तरण गरेका हुन् ।

यूवाहरुले पीडित नेवारलाई नगद रु १ लाख ४९ हजार ६ सय ८० रुपैयाँ आइतबार दिएका छन् । भने उनको खातामा  रु १ लाख ४८ हजार ९ सय १३ रुपैया जम्मा गरेको अभियान्ता प्रदिप बस्नेतले बताए । त्यस्तै प्रदिप बस्नेतमार्फत रु १ लख ७३ हजार ६ सय ५१ रुपैयाँ सहयोग गरिएको छ । भने ओङदी शेर्पामार्फत रु ८३ हजार ९ सय २८.४७ पैसा सहयोग गरिएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु