बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु
समाचार

भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु

रक्सी

साउन १७,

काठमाडौं । भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको ज्यान गएको छ । पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको ज्यानको ज्यान गएको भारतीय संचार माध्यमले जनाएको छ ।

मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले घटनाको बारेमा अनुसन्धान थाल्न निर्देशन दिइसक्नुभएको छ । उहाँले रक्सी बनाइने इकाइमा अनुसन्धान गर्न निर्देशन दिँदै घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताउनुभएको छ ।

यस्तै भारतकै आन्ध्र प्रदेशको कुरीचेदु शहरमा स्यानिटाइजर पिएपछि १० जनाको ज्यान गएको छ । रक्सी पसल बन्द भएपछि रक्सीको तलतल मेटाउन स्यानिटाइजर पिएका १० जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु