बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विश्वभर एकैदिन २ लाख ९२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिए : ६ हजार ८१२ जनाको मृत्यु
समाचार

विश्वभर एकैदिन २ लाख ९२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिए : ६ हजार ८१२ जनाको मृत्यु

कोरोना

साउन १७,

काठमाडौं । विश्वभर हिजो एकैदिन २ लाख ९२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।  विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार मात्रै विश्वभर २ लाख ९२ हजार ५ सय २७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका हुन् । अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा धेरै सङ्क्रमित थपिएका संगठनले जनाएको छ । ६ हजार ८ सय १२ जनाको भने ज्यान गएको छ ।

यसअघि गएको ९ गते २ लाख ८४ हजार भन्दा धेरै नयाँ सङ्क्रमित थपिएका थिए । हिजो मात्रै ब्राजिलमा सबैभन्दा धेरै ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४ सय ६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा हजार ६ सय ७० जना थपिएका डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणका कारण अमेरिकामा १ लाख ५३ हजार, ब्राजिलमा ९२ हजार, मेक्सिकोमा साढे ४६ हजार, बेलायतमा ४६ हजार, भारतमा साढे ३५ हजार, इटालीमा ३५ हजार, फ्रान्समा ३० हजार र स्पेनमा २८ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

वल्डोमिटरका अनुसार विश्वभर अहिलेसम्म एक करोड ७७ लाख कोरोनाका सङ्क्रमित छन् भने ६ लाख ८२ हजार जनाको ज्यान गएको छ । एक करोड ११ लाख भने उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ५९ लाखमध्ये एक प्रतिशत अर्थात साढे ६५ हजारको अवस्था जटिल भए पनि बाँकी ५८ लाखको अवस्था सामान्य छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु