शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समुदायसम्म कोरोना : उपमहानगरपालिकामा उच्च सावधानी
समाचार

समुदायसम्म कोरोना : उपमहानगरपालिकामा उच्च सावधानी

साउन १६

बाँके । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले उच्च सावधानी अपनाएको छ ।
सवाधानी अपनाउँदै कार्यालयको मुख्य प्रवेशद्धारमा हात धुने ब्यवस्था गरिएको छ भने दुई जना स्वास्थ्यकर्मीले कार्यालयमा प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीको ज्वरो जाँच गर्ने काम गरिरहेका छन् ।
सेवाग्राहीका लागि नै प्रवेशद्धारमा सेनिटाईजरको समेत व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।
त्यस्तै कार्यालयको सर्वसाधारणको चाप बढि हुने राजश्व शाखामा कुपन प्रर्णाली लागु गरिएको छ ।
उपमहानगरपालिकाको कार्यबाहक प्रमुखको जिम्मेवारीमा रहनुभएका उपमेर उमा थापा मगरले कार्यालयले सुरुवातदेखि नै कोरोना रोकथाम र नियन्त्रणका लागि अग्रणी भूमिकामा कार्य गर्दै आएको बताउनुभयो ।
नगर बाहेक जिल्लाभर कोरोना रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाले विभिन्न सरोकारवाला निकायसँग समन्वय गरिरहेको उपप्रमुख थापामगरको भनाई छ । कार्यालयसँगै नगरबासीलाई समेत कोरोना विरुद्ध सावधानी अपनाउन आग्रह गरिएको उपमेयर मगरले बताउनुभयो । file Photo

फेसबुक प्रतिक्रियाहरु