बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वयम्भूमा बस पल्टिँदा एक जनाको मृत्यु
समाचार

स्वयम्भूमा बस पल्टिँदा एक जनाको मृत्यु

बस दुर्घटना

साउन १६,
काठमाण्डौ । काठमाण्डौको स्वयम्भूमा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । स्वयम्भूबाट वनस्थलीका लागि छुटेको बा ४ ख ५९८४ नम्बरको बस पल्टिँदा अन्दाजी २२ वर्षका युवकको ज्यान गएको प्रहरीले जनाएको छ । राति भएको दुर्घटनामा ज्यान गुमाएका युवकको परिचय खुलेको छैन ।

ज्यान गुमाएका युवक बसभित्र थिए वा पैदल यात्रु हुन् भन्ने बारेमा पनि खुलेको छैन । दुर्घटनाबारे बिहान मात्रै थाहा पाएपछि पुगेको प्रहरीको टोलीले अनुसन्धान थालेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु