शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन संचालक सिलवाल पक्राउ
समाचार

सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन संचालक सिलवाल पक्राउ

काठमाडौं । सिद्धार्थ डेलभपमेन्ट बैंकका तत्कालीन संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको व्युरोका डिआईजी सहकुल थापाले जानकारी दिए ।

बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५ वर्ष कैद र १ करोड जरिवाना गर्ने फैसला गरेको थियो ।

०७३ मा अदालतले सिलवालको ३० लाख धरौटी जफत हुने फैसला गरेको थियो । मुद्दा फैसलापछि ५६ वर्षीय सिलवाल फरार थिए ।

फेसबुक प्रतिक्रियाहरु