मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • ६२९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १०७२८
समाचार

६२९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १०७२८

१० असार,

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ ।

२४ घण्टायता डिस्चार्ज हुनेको संख्या ११४ छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या दुई हजार ३ ३८ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १५१ जना संक्रमित थपिएका छन् ।

यस्तै, कञ्चनपुरका ८६ जना, दाङका ७६, डोटीका ४८, रौतहटका ४४, सर्लाहीका २१, धनुषाका २०, पाल्पाका १५, सुर्खेतका १४, अछामका १३, महोत्तरीका १२, झापाका ११ तथा अछाम र प्युठानका १०/१० जना छन् ।

यस्तै, कास्की, वाग्लुङ र बाँकेका ९/९ जना, बाजुराका ८, स्याङ्जाका ७, सप्तरीका ६, नवलपुर, गुल्मी र लमजुङका ५-५ जना, बैतडी, दैलेखका ४-४ जना, गोरखाका ३, पर्वत र धादिङका २/२ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

काठमाडौं, भक्तपुर, चितवन, सुनसरी, मोरङ, तनहुँ, पर्वत, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८२८ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण भेटिएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ९३ हजार १९४ पीसीआर टेस्ट भएको छ । यस्तै, आरडीटी टेस्ट २ लाख ८३ हजार ६९६ भएको छ । अहिले पनि ७८ हजार ६३९ जना देशका विभिन्न क्वारेन्टिनमा छन् ।

तथ्यांकमा काेराेना – नेपाल

पीसीआर१९३१९४
आरडीटी२८३६९६
आइसोलेसनमा८३६६
संक्रमित१०७२८
निको भएको२३३८
मृत्यु२४
क्वारेन्टिनमा७८६३९
अपडेटः २०७७ असार १० । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

फेसबुक प्रतिक्रियाहरु