बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कान्छारामले विदेशबाट फर्केका नागरिकलाई आफ्नो जिल्ला सम्म ल्याउने जिम्मा लिए
समाचार

कान्छारामले विदेशबाट फर्केका नागरिकलाई आफ्नो जिल्ला सम्म ल्याउने जिम्मा लिए

रामेछाप– जिल्लामा विभिन्न विपत्त परेको बेला जस्तोसुकै सहयोग गर्न तयार हुने नेपाली काँग्रेसका नेता तथा समाजसेवी पुर्ण बहादुर तामाङ कान्छारामले विदेशबाट फर्केका नागरिकलाई जिल्ला सम्म ल्याउने जिम्मेवारी लिएका छन् । विभिन्न देशमा कोरोना भाइरसका कारण प्रभावित भएका नेपालीलाई सरकारले नेपाल फर्काएपछि रामेछापका नागरिकलाई सेलेघाटमा रहेको होल्डिङ सेन्टर रम्म एम्बुलेन्स मार्फत निशुःल्क ल्याउने जिम्मेवारी तामाङले लिएका हुन् ।

मन्थली नगरपालिकाको वडा नं ६ सेलेघाटमा रहेको होल्डिङ सेन्टर सम्म ल्याउने जिम्मेवारी आफूले लिएको बताए । विदेशबाट फर्केका सबै नागरिकलाई स्थानीय प्रशासनले तोकेको ठाउँ सम्म पुर्‍याउने गरि शनिबार देखि काम सुरु गरिएको समेत उनले बताए ।

जेठ ३० रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको जिल्ला स्तरीय क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले उक्त एम्बुलेन्स मार्फत उनिहरुलाई ल्याउने निर्णय समेत गरेको थियो ।

नेपाली काँग्रेस केन्द्रीय लगानी पुर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिका सदस्य समेत रहेका नेता तामाङले लकडाउन भएदेखिनै जिल्लामा विभिन्न कारणले विरामी परेका नागरिकलाई काठमाण्डौ सम्म निशुःल्क रुपमा पुर्‍याउन सहयोग गरीरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु