शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेन फुर्वा दोर्जे रिन्पोर्छेको सहयोगमा मजदुर, विपन्न वर्ग तथा बिरामीलाई राहात वितरण
समाचार

खेन फुर्वा दोर्जे रिन्पोर्छेको सहयोगमा मजदुर, विपन्न वर्ग तथा बिरामीलाई राहात वितरण

जुनेली न्युज , काठमाडौँ 

खेन फुर्वा दोर्जे रिन्पोर्छेको सहयोगमा गोकर्नेश्वोर नगरपालिकाका ५० भन्दा बढी गरिब असाहय  अपाङ्ग बिरामीहरुलाई राहात स्वरूप खाद्यान्न प्रदान गर्नु भएको छ  |

बिश्वोभरि यतिबेला कोरोना भाइरसको महामारी भए संगै नेपालमा पनि यसको प्रभाब परेर नेपाल सरकारले लकडाउन गरे पछी गरिब, असाहय, बिरामी, मजदुरहरुलाई हात मुख जोड्न धेरै गाह्रो भएको हुदा रिन्पोछेले यांग यौन्जनको समन्वयनमा राहात वितरण गर्नु भएको हो |

 

चेपांग समुदायको बालबालिका रहेको सुन्दरीजलमा लव प्रसाद सुधार संघ बाल आश्रममा,  नेपाल मेडिकल कलेज पछाडी रहेका ७ जना मृगौला पिडित, जोरपाटीको नारायणटारमा रहेका असाहय अपाङ्ग, सुन्दरीजलमा रहेका हात खुट्टा नचल्ने नबराज बि क , बिभिन्न संघ संस्थाहरुमा राहात स्वरूप चामल, दाल, तेल, नुन, चाउचाउ आदि सामग्री हरु प्रदान गरिएको थियो | भने बिरामीहरुलाइ औषधि खर्च समेत प्रदान गरिएको थियो |

तेस्तै मिति २०७७ जेठ २३ गते जेष्ठ शुल्क पुर्णिमा दिन सागा दावाको अवसर पारेर गोकर्नेश्वो नगरपालिकाका मेयर सन्तोष चालिसे र प्रमुख सल्लाहकार दिपक रिसालको उपस्थितिमा १० जना मजदुर तथा बिपन्न वर्गहरुलाई राहात वितरण गरिएको थियो |

खेन फुर्वा  दोर्जे रिन्पोर्छे  ज्यूले रिन्पोछे प्रिन्स निकोलास (Rinpoche Princess Nicolas ) लाइ समेत धन्यवाद दिनु भएको छ |

 

फेसबुक प्रतिक्रियाहरु