बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रुकुम घटनाले लियो मोड, पोष्टमार्टम रिपोर्टमा हत्या गरेर फालिएको खुलासा
राजनीति

रुकुम घटनाले लियो मोड, पोष्टमार्टम रिपोर्टमा हत्या गरेर फालिएको खुलासा

रुकुम पश्चिममा भएको सामुहिक हत्याकाण्डमा मृतकको पोष्टमार्टम रिपोर्टले थप तनावग्रस्त स्थिति सिर्जना गरेको छ ।

वर्षो देखिको प्रेम सम्बन्धपछि विवाहका लागि प्रेमिका भगाउन रुकुमको चौरजहारी नगरपालिका–८, सोती पुगेका भेरी नगरपालिका–४, जाजरकोटका युवाको सामुहिक हत्यापछि उनीहरुको शव भेरी नदीमा भेटिएको थियो । भेरीमा भेटिएको ५ जनाको शव पोष्टमार्टममा उनीहरुको कुटपिटपछि हत्या गरीएको खुलेको छ । पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार मृतककोे पेटमा पानी नभेटिएको जनाइएको छ ।

मृतक पाँचै जनाको टाउकोलगायत शरीरका विभिन्न अंगमा गहिरो चोट देखिएको छ । उनीहरुको डुबेर मृत्यु भएको अवस्थामा पेटमा पानी हुनुपर्ने चिकित्सकले जनाएका छन् ।

यस्तो रिपोर्ट आउनुले घटनालाई थप शंकास्पद बनाएको छ ।

संसद भवनमा माननीय जनार्दन शर्माले भेरीमा आफै हाम फालेका हुन् भनेर बक्तब्य दिएको थीए र संसद भवन अबरुद्ध भएको थियो |

फेसबुक प्रतिक्रियाहरु