बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • दोषीलाई कडा कार्वाही नगरे नेपाल दलित बिधार्थी संघ सडकमा उत्रिने चेतावनी -अध्यक्ष राजु सुनार
राजनीति

दोषीलाई कडा कार्वाही नगरे नेपाल दलित बिधार्थी संघ सडकमा उत्रिने चेतावनी -अध्यक्ष राजु सुनार

नेपाल दलित बिध्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारको नेतृत्वमा न्यायका लागि सडकमा उत्रिए।

पश्चिम रुकुम र जाजरकोटमा भएको दलित युवाहरु माथि कुटपिट र हत्यालाई घोर बिरोध गर्दै नेपाल दलित विद्यार्थी संघ केन्द्रले  मंगलबार बेलुका ४ बजे पानीमा भिजेरै काठमाडौँ को जोरपाटीमा  बिरोध प्रदर्शन गरेको थियो ।

No description available.

पीडित पक्षले न्याय पाउन र कुटपिट गरी हत्या गर्नेलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ भन्ने हेतुले नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अधयक्ष राजु सुनारको नेतृत्वमा बिरोध प्रदर्शन भएको छ । यदि सरकारले यस बिषयलाई गम्बिर रुपमा नलिएर दोषीलाई कडा भन्दा कडा कार्वाही नगरेमा संघ सडकमा निर्मम रुपले उत्रिने चेतावनी समेत सुनारले दिएका छन।

No description available.

गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो । अन्य २ जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य ३ जना बेपत्ता छन् ।

No description available.

प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग बिहे गर्न गएका बेला विकको हत्या भएको बताइएको छ ।

मंगलबारको संसद बैठकमा पनि सांसदहरूले घटनाबारे छानबिन गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेको छ ।

No description available.

रुकुमपश्चिम स्थित भएको अत्यन्तै दुखदायी घटना, जाजरकोटका तीन युवाको मृत्युु र अझै तीन युवा बेपत्ता भैरहदा समेत सरकारले जुन रुपबाट सक्रिय भइ छानबिन तथा अनुसन्धान गर्नु पर्ने हो तर नगरिसके पश्चात नेपाल दलित बिध्यार्थी संघ सडकमा उत्रिएको हो।

No description available.

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु