मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कांग्रेस नेता शाहले कर्णालीमा करोडौंको स्वास्थ्य सामाग्री प्रदान गर्ने
Uncategorized

कांग्रेस नेता शाहले कर्णालीमा करोडौंको स्वास्थ्य सामाग्री प्रदान गर्ने

जाजरकोटका पूर्व सांसद तथा सामाजसेवी राजिवविक्रम शाहले कर्णाली प्रदेशमा ठुलो परिमाणमा स्वास्थ्य सामाग्री सहयोग गर्ने भएका छन् । कोरोना भाईरस नियन्त्रण, रोकथाम, उपचार तथा राहतमा सहयोग पुरयाउने उद्देश्यले करोडबढी मुल्यको अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गर्न लागेका हुन । प्रदेश सरकारले स्थापना गरेकाे प्रदेश विपद् काेषमा नगद तथा जिन्सी सामाग्री मध्ये अहिले सम्मकै सबै भन्दा धेरै सहयाेग याे हाे ।

अमेरिकामा रहेकी स्वार्गिय प्रभाकर शमशेर राणाकी छोरी मायाले कोरोना भइरस विरुद्ध लड्न कर्णालीलाई सहयोग गरेकी छन् । उनले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि पूर्व सांसद राजीवविक्रम शाहको पहलमा शाहले स्थापना गरेको कुमारी ट्रसमार्फत उक्त सहयोग गर्न लागेकि हुन् ।

मायाले दिएको उक्त रकमबाट कर्णाली प्रदेश अस्पतालसहित कर्णाली प्रदेशका सवै जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री किनेर हस्तान्तरण गर्न लागिएको छ । मायाले उक्त रकम आफ्ना स्वर्गिय बुवा प्रभाकर शमशेरको नाममा वर्षदिनको पुन्यतिथीको अवसरमा कुमारी ट्रसलाई दिएकी थिइन् । उक्त रकमले भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री किनी सकिएको र त्यसलाई दुई तीन दिन भित्रै हस्तान्तरण गर्ने पूर्व सांसद तथा समाजसेवी शाहले बताए ।

प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटरसहित झण्डै ७० लाख रुपैया र बाँकी अस्पताललाई ३० लाख रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान गरिनेछ । प्रदेश र जिल्ला अस्पतालहरुसँग आवश्यक समन्वय गरी उनीहरुकै मागको अनुसार स्वास्थ्य सामाग्री खरिद गरिएको बताएको छ ।

उनले भने ‘यो विशुद्ध समाजसेवा हो, सहयोगलाई कसैले पनि राजनीतिक रुपमा हेर्नु हँुदैन् ।’ कोरोना भाइरस विरुद्धको लडाइमा यसले सरकारलाई थोरै भएपनि सघाउने विश्वास मायाले गरेको पनि उनले जानकारी दिए । समाजसेवाको साथै राजनीतिमा पनि राम्रो छवि बनाएका पूर्व सांसद शाहले विभिन्न समयमा व्यक्तिगत खर्चमा सुत्केरी हुँन नसक्दा ज्यान जोखिममा परेका गर्भवती महिलाको हेलिकप्टेरमा उद्धार गर्नेदेखि झाडापखालाको समयमा औषधी, गाडी भेरीमा खस्दा हेकोप्टरमा गोताखोर ल्याएर उद्दार, पश्चिम जाजरकोटमा अस्पताल भवन निर्माण, केही समयअभि जाजरकोटका सबै स्थानीय तहलाई सर्जिकल बेडजस्ता थुप्रै सहयोग गरेका छन् । कुमारी ट्रसलाई दिएको उक्त रकम आफुले कोरोना भाइरस विरुद्ध लडनको लागि कर्णालीबासीको सुविधाको लागि खर्च गर्नु बाहेक अरु स्वार्थ नभएको पनि उनले स्पष्ट पारेका छन् ।

केही समयअघि शाहले जाजरकोटमा पाँच करोडको लागतमा अस्पताल बनाएका थिए । चुनावमा पराजित भए पनि उनले जिल्लावासीको सेवामा आफूलाई क्रियाशील गराउँदै आएका छन् ।

यस्तै अर्का काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले कोरोनाको कारण आमा गुमाएको नवजात शिशुको पौष्टीक आहारको लागि ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । बस्नेतलेउक्त शिशुलाई १२ कक्षा सम्म निशुल्क पढाउने तथा त्यसपछि रोजगारीको समेत व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

सिन्धुलाल्चोकको बाह्रबिसे निवासी उक्त शिशुको आमाले बच्चा जन्माएको ९ दिनमा जेष्ठ ३ गते ज्यान गुमाएकी थिइन् । शिसुका बुबा काठमाण्डौंमा सेक्युरीटी गार्डको काम गदै आइरहेका थिए । उक्त शिशुको ११ बर्षीय एक दाजु पनि छन् ।

फेसबुक प्रतिक्रियाहरु