शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बिट्रिस मिलेटरी झुण्ड ब्रुनाईद्धारा २ सय घरधुरीलाई खाद्यान्न वितरण
समाचार

बिट्रिस मिलेटरी झुण्ड ब्रुनाईद्धारा २ सय घरधुरीलाई खाद्यान्न वितरण

२ वैशाख

काठमाडौं । ब्रुनाईस्थित टुआरजीआर बिट्रिस मिलेटरी झुण्ड ब्रुनाईको आर्थिक सहयोगमा काठमाडौंमा ज्याला मजदुरी गरिखाने विपन्न परिवारका सदस्यहरु तथा शारीरिकरुपमा अशक्तलगायतका दुई सय  परिवारलाई राहातस्वरुप खाद्यान्न वितरण गरिएको छ ।

प्रत्येक परिवारलाई राहातस्वरुप १५ किलो चामल, दुई किलो दाल, १ किलो नुन र १ किलो मस्यौडा वितरण गरिएको हो । राहत वितरण कार्यक्रमको व्यवस्थापन यूवा अभियान्ता तुलसी श्रेष्ठले गर्नु भएको थियो ।
ब्रुनाईस्थित टुआरजीआर बिट्रिस मिलेटरी झुण्डका सदस्य शिलास चाम्लिङ राईले राहात वितरण कार्यक्रमका लागि आर्थिक व्यवस्थापन गर्नु भएको थियो ।

वैशाख १ गते विहान ११ बजे जोरपाटीमा आयोजित राहत वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं.६का वडा अध्यक्ष रमेश अर्यालको वाहुलीबाट राहत वितरण कार्यक्रम सम्पन भएको हो ।

त्यसैगरि पहिलो चरणको राहात कार्यक्रम जोरपाटीमा सकेर दोस्रो चरणको राहात कार्यक्रम किर्तिपुर, सिनामंगल, सातदोवाटो, कालीमाटी, टेकु, बालकुमारी, कोटेश्वर र बौद्धमा गई राहत वितरण गरिएको थियो ।

राहात वितरणमा यूवा समाजसेवी तुलसी श्रेष्ठ, उपहार मिडियाको तर्फबाट कुमारसिंह विष्ट, तुरही मिडियाको तर्फबाट संचारकर्मी सुनिलराज लामालगायत अन्य पाँच जना स्वयंसेवक हुनुहुन्थ्यो ।
खाद्यान्न पाएपछि उहाँहरु टुआरजीआर बिट्रिस मिलेटरी झुण्ड ब्रुनाईका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिनु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु