बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल दलित विद्यार्थी संघ केन्द्रद्वारा दुइवटा बालगृहमा खाधान्न वितरण
समाचार

नेपाल दलित विद्यार्थी संघ केन्द्रद्वारा दुइवटा बालगृहमा खाधान्न वितरण

१ बैशाख,

काठमाडौँ |  नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले आज दुइवटा बाल गृहमा खाधान्न सामाग्री वितरण गरेको छ | गोकर्नेश्वोर नगरपालिका काठमाडौँमा  रहेको हाम्रो सुनौल संसार बाल आश्रम र बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपनमा रहेको केयर बाल गृहका  बालबालिकाहरुलाई राहत स्वरुप अहिल भएको विपत्तिको समयमा अत्ति आवश्यक सामाग्रीहरु नयाँ वर्ष २०७७ सालको उपलक्षयमा वितरण गरेको हो |

अत्ति आवश्यक सामाग्रीहरु ५/५ बोला चामल, दाल, चाउचाउ, तेल, साबन, चिनी, चिउरा, नुन इत्यादि सामाग्रीहरु हाम्रो सुनौलो संसार बाल आश्रमकी अध्यक्ष मेनुका कोइराला र केयर बाल गृहकी अध्यक्ष पुष्पा अधिकारीको हातमा दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारको हातबाट हस्तान्तरण गरिएको थियो  |  बिहान ९ बजे हाम्रो सुनौलो संसार र बुलुका ४ बजे केयर बाल गृहमा उक्त कार्यक्रम गरिएको हो |

कोरोना भाइरसको कारण लकडाउन भए संगै सरकारले राहत वितरण गरि रहेको बेला बाल आश्रमलाइ पनि संघले खाधान्न वितरण गरेको हो |

साथै हाम्रो सुनौलो संसारमा समाजसेवी परमि शेर्पाले पनि बालबालिका हरुको लागि गुडिया र ५००० रकम सहयोग गर्नु भएको थियो |

उपस्थित: रोशन बाबु श्रेष्ठ, सुवास बराईली, विवेक भण्डारी, फूलमान सुनार, रेशम बराईली र  सबैजनालाई अध्यक्ष राजु सुनारले धन्यवाद दिनु भएको छ |

 

फेसबुक प्रतिक्रियाहरु