काठमाडौँ, चैत्र २०|
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन सरकारले लागु गरेको लक डाउनका साथै अनिवार्य मास्कको प्रयोग र सबन पानीले बेलाबेला हात धुने कुरालाई ध्यानमा राखेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्ती पार्टी कमिटीले मास्क र साबुन वितरण गरेको छ । स्थानीय ९ सय ५५ घरपरिवार, वडा अन्तर्गतका स्वास्थ्य चौकी, प्रहरी चौकी र संघसंस्थाहरुलाई आज मास्क र साबुन वितरण गरेको छ |
कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै सन्त्रास बनाइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उमाकुण्ड–२ को नेतृत्वमा स्थानीयलाई कोरोना भाइरसबाट जोगिन सचेत गराउँदै वडाबासी र बडामा रहेका संघसंस्थाहरुलाई मास्क र साबुन वितरण गरेको हो ।
जसमा बाम्तिभण्डार का ९५० घरधुरि लाई ५ थान माक्स र २ थान साबुन, प्रहरी चाैकि बाम्तिलाई ५० थान माक्स र १० थान सबुन, स्वाथ्य चाैकि बाम्ति लाई ५० थान माक्स र १० थान साबुन, थाेदुङ् गुम्बा लाई ३८ थान माक्स र ३८ थान साबुन, शेर्पा बाेर्डिङ स्कुल लाई २० थान माक्स र १८ थान साबुन, उमाकुण्ड वडा नं २ अफिसलाई १० थान माक्स र ५ थान साबुन वितरण गरेकाे छ |
उमाकुण्ड गाउँपालिका कमिटिका पदाधिकारीहरु मार्फत रू. १,४४,०००/- (एक लाख चवालिस हजार) जम्मा परेर मास्क र साबुन वितरण गरिएको हो |
साथै कोरोना भाइरस लागेमा जनताले ठुलो क्षति बेहोर्नु पर्ने र परिवार, गाँउ अनि सिंगो देश नै बर्बादमा पर्ने हुँदा यसबाट जोगिन वडाका सम्पूर्ण नागरिकहरुलाई अपिल समेत गरेको जिवन घतानेले बताए |
फेसबुक प्रतिक्रियाहरु