जुनेली न्युज, काठमाडौँ |
कबिता “आमा”
तिमी कति महान छौ यो संसार देखायौ आमा
हजारौ जन्ममा तिर्न नसक्ने गुन लगायौ आमा
आफ्नो भागमा परेको खुसी आफू सङ नराखी
भिर,पाखा,घाम,पानी केही नभनी पडायौ आमा
घाँस र दाउरा गर्दा आफू खाली खुट्टा नै हिड्यौ
मलाइ नयाँ किनि आफुले काडा बिझायौ आमा
आफू भोकै बसि अघाए भन्छौ कति महान छौ
आफ्नो खुसी माया मारेर मलाइनै दियौ आमा
आफू लडेर मलाइ हिड्न सिकायौ यो संसारमा
हिड्न नसक्दा ताते ताते हिड्न सिकायौ आमा
पाइलै पिच्छे काडा बिझाउन खोज्ने शहरमा
काडामा टेकेर फुलहरुको दुनिया घुमायौ आमा
सुमन राउत
उदयपुर
फेसबुक प्रतिक्रियाहरु