शनिबार, साउन २५, २०८२
  • होमपेज
  • जीवन ताराकी छात्रा प्रशंसा तामाङ हस्तलेखनमा सँधै उत्कृष्ट
Breaking News

जीवन ताराकी छात्रा प्रशंसा तामाङ हस्तलेखनमा सँधै उत्कृष्ट

जुनेली न्युज, काठमाडौँ |

निजी तथा आवासीय विद्यालय संघ नेपाल (PABSON) द्वारा आयोजित हस्तलेखन प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका स्थित जीवन तारा एकेडेमीकी छात्रा प्रशंसा तामाङले दोहोरो सफलता हात पार्दै विद्यालयको शान बढाएकी छन्।

कक्षा ९ मा अध्ययनरत जेहेनदार छात्रा तामाङले नगरस्तरीय प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेपछि काठमाडौं जिल्लास्तरीय प्रतिस्पर्धामा समेत उत्कृष्ठ प्रदर्शन गर्दै पुनः प्रथम स्थान हासिल गरेकी हुन्। उनले प्रतियोगिताबाट नगद सात हजार रुपैयाँ, एक ट्रफी र मेडल जितेकी छिन्।

गोकर्णेश्वर नगरपालिकास्तरीय प्रतियोगिता श्रावण १९ गते सम्पन्न भएको थियो भने जिल्लास्तरीय प्रतियोगिता श्रावण २३ गते आयोजना गरिएको हो।

गोकर्णेश्वर नगरपालिका–९, आरुबारीमा अवस्थित जीवनतारा एकेडेमीले स्थापनाकालदेखि नै अतिरिक्त क्रियाकलाप, व्यवहारिक शिक्षा र प्रविधिमैत्री शिक्षामा विशेष ध्यान दिँदै आएको छ।

विद्यालयका संस्थापक सह–प्रधानाध्यापक नवराज सापकोटाले भन्नुहुन्छ, “हामी विद्यार्थीहरूको क्षमता पहिचान गरेर तिनीहरूलाई प्रोत्साहन दिने र बढ्न सहयोग पुर्‍याउने काम गर्दै आएका छौं।

प्रशंसा तामाङको यो सफलता त्यसैको प्रतिफल हो।” उहाँका अनुसार निरन्तर अभ्यास, लगनशिलता र आत्मविश्वाले प्रशंसालाई सफलता दिलाएको तथा उनको सफलताले विद्यालय परिवार, अभिभावक, सहपाठी र समग्र नगरपालिकाको शिर उच्च बनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु