बिहिबार, साउन १६, २०८२
  • होमपेज
  • ऊर्जा दक्ष भवन निर्माणका लागि गोकर्णेश्वर र बुढानिलकण्ठका इन्जिनियरलाई तालिम (फोटो सहित)
Breaking News

ऊर्जा दक्ष भवन निर्माणका लागि गोकर्णेश्वर र बुढानिलकण्ठका इन्जिनियरलाई तालिम (फोटो सहित)

जुनेली न्युज, काठमाडौँ |
Building Energy Efficiency in Nepal (BEEN) परियोजनाले  काठमाडौँको बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिकाका इन्जिनियरहरूलाई ऊर्जा दक्ष भवन निर्माण प्रविधि सम्बन्धी विशेष तालिम प्रदान गरेको छ। इन्जिनियरहरूलाई लक्षित गर्दै ऊर्जा दक्ष भवन डिजाइनबारे तीनदिने तालिम सम्पन्न गरेको हो |

कार्यक्रम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (MoFAGA) सहकार्य तथा युरोपियन कार्यक्रमको आर्थिक सहयोगमा बिल्डिङ्ग इनर्जी इफिसियन्सी इन नेपाल (BEEN) को आयोजना भएको थियो |

तालिममा नगरपालिकाका प्राविधिक इन्जिनियर, आर्किटेक्ट तथा भवन डिजाइनसँग सम्बन्धित प्राविधिकहरूले सहभागिता जनाएका थिए। तालिमको उद्देश्य भवन डिजाइन र निर्माणका क्रममा ऊर्जा खपत कम गर्ने प्रविधि, ‘प्यासिभ डिजाइन’ अवधारणा, इन्सुलेसन प्रविधि र स्थानीय सामग्रीको उपयोगबारे ज्ञान वृद्धि गर्नु रहेको आयोजकहरूले जनाएका छन्।

BEEN परियोजनाले हालै ऊर्जा दक्ष भवन निर्माण सम्बन्धी ‘म्यानुअल’ र ‘प्राविधिक विवरण पुस्तिका’ सार्वजनिक गरेको छ। सोही सन्दर्भमा तालिममार्फत स्थानीय निकायका प्राविधिकलाई व्यवहारिक र प्राविधिक सीप हस्तान्तरण गरिएको MinErgy Nepal का परियोजना टिम लिडर सुयस प्रजापति जानकारी दिएका छन्।

तालिममा सहभागी इन्जिनियरहरूले भवन निर्माण गर्दा ऊर्जा खपत घटाउने र वातावरणमैत्री प्रविधिको प्रयोग गर्दा नगरपालिकाको दीगो विकासका लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताएका छन्। BEEN परियोजनाले यस्ता तालिमहरूलाई आगामी दिनमा अन्य नगरपालिकामा पनि विस्तार गर्ने जनाएको छ।

काठमाडौँ सुकेधाराको रमादा होटेलमा भएको तालिमको उद्घाटन सत्रमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरेका थिए भने समापन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामा प्रमुख अतिथिको रुपमा रहेकी थिइन् |

तालिम २०८२ साउन ५, ६ र ७ गते, बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म, रमादा होटेल, धुम्बाराहीमा सञ्चालन भै समापन भएको हो

फेसबुक प्रतिक्रियाहरु