बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • नेपाल यातायात मजदुर संघ सुन्दरीजल इकाइको दन्त शिबिर तथा ट्राफिक चेतना कार्यक्रम
दुर्घटना/अपराध

नेपाल यातायात मजदुर संघ सुन्दरीजल इकाइको दन्त शिबिर तथा ट्राफिक चेतना कार्यक्रम

जुनेल न्युज, काठमाडौँ |
नेपाल यातायात मजदुर संघ गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल इकाइले आज दन्त शिबिर तथा ट्राफिक चेतना कार्यक्रम गरेको छ |
आज अर्थ समितिका सभापति माननीय सन्तोष चालिसे ज्यूको प्रमुख अतिथ्यतामा सुन्दरीजल बसपार्कमा सो कार्यक्रम भएको हो |
कार्यक्रममा सभापतिको रुपमा कुमार तामाङ रहेका थिए, त्यस्तै नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका सदस्य कृष्ण श्रेष्ठ, संघको स्थापना कालदेखि सल्लाहकारको रुपमा रहेका लाक्पा लामा तामाङ, गोकर्णेश्वर नगरपालिका यातायात तथा ट्राफिक व्यवस्थापन समितिका संयोजक सम्भु प्रसाद अधिकारी, सोही वडाका पूर्व वडा अध्यक्ष राम मनाधर, नेपाल प्रहरिका प्रतिनिधि, ट्राफिक प्रहरीका प्रतिनिधि, यातायात व्यबसायी सहितको उपस्थितिमा भएको कार्यक्रममा समाज डेन्टल हस्पिटलले प्राबिधिक सहयोग गरेको थियो |
यातायात मजदुरको हक हितको लागि कार्य गर्ने उक्त संस्थाले निरन्तर रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ | आज सडक दुर्घटना, यातायात व्यबसायीका हक हित, सवारी चालकले गर्नुपर्ने जिम्मेवारी सहित सडक यात्रीले समेत के कस्ता कुरामा ध्यान दिनुपर्ने बिषयमा छलफल सहितको अन्तरक्रिया भएको थियो |
फोटो हेर्न यो लिंक क्लिक गर्नुहोला 

फेसबुक प्रतिक्रियाहरु