बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • भिजन क्लब अफ काठमाडौंको कार्यालय उद्घाटन, देशव्यापी सामाजिक कार्यमा लाग्ने
गोकर्नेश्वोर बिशेष

भिजन क्लब अफ काठमाडौंको कार्यालय उद्घाटन, देशव्यापी सामाजिक कार्यमा लाग्ने

जुनेली न्युज, काठमाडौँ |

भिजन क्लब अफ काठमाडौंको कार्यालयको विधिवत् उद्घाटन भएको छ | आज गोकर्णेश्वर नगरपालिका वडा नं.४ मा नगर प्रमुख दिपक रिसालले कार्यालय उद्घाटन गर्नी भएको हो ।

सामाजिक र मानवीय सेवा मुलक कार्यका लागि देश विदेशमा छरिएर रहेका नेपालीहरुबाट स्थापना भई नेपालमा सेवामुलक कार्यहरु गर्दै आएको भिजन क्लब अफ काठमाडौंको कार्यालय स्थापना भई आज विधिवत् उद्घाटन भएको हो ।

कार्यालय उद्घाटनका अवसरमा नगर प्रमुख दिपक रिसालले भिजन क्लब अफ इन्टरनेशनलका संस्थापक अध्यक्ष मंगलदास श्रेष्ठको मानवीय सेवामुलक कार्यको प्रसंसा गर्नु हुँदै सामाजिक र मानवीय सेवामुलक कार्यमा नगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा भिसिआई काठमाडौं प्रेसिडेण्ट राजकृष्ण श्रेष्ठ, भिजन क्लब अफ काठमाडौंका सेक्रेटरी भिसिआई ध्रुव कुमार श्रेष्ठका साथै कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका विभिन्न प्रतिवेदनहरु पारित गरिनुका साथै नयाँ सदस्यहरुलाई स्वागत गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी भिसिआई काठमाडौं प्रेसिडेण्ट राजकृष्ण श्रेष्ठले कार्यालय स्थापनाका लागि सबै खर्च व्यहोरि सहयोग गर्नु भएकोमा भिजन क्लब अफ इन्टरनेशनलका संस्थापक अध्यक्ष मंगलदास श्रेष्ठ प्रति धन्यवाद तथा आभार व्यक्त गर्नु भयो ।

फेसबुक प्रतिक्रियाहरु