बुधबार, अशोज २, २०८१
  • होमपेज
  • आरुबारीमा १० गते राधाकृष्ण मन्दिरको उद्घाटन हुँदै, विशाल पूजाआजा हुने
गोकर्नेश्वोर बिशेष

आरुबारीमा १० गते राधाकृष्ण मन्दिरको उद्घाटन हुँदै, विशाल पूजाआजा हुने

जुनेली न्यूज, काठमाडौं ।

भाद्र १० गते गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारुको पुनः निर्मित राधा कृष्ण मन्दिरको विशाल उद्घाटन हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाको सहयोगमा निर्मित मन्दिर श्रीकृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रमका साथ उद्घाटन हुने भएको छ ।

पुनःनिर्मित मन्दिरको समुद्घाटन संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे र नगर प्रमुख दिपक रिसालले संयुक्त रुपमा गर्नु हुनेछ भने सोही वडाको पनि सक्रियता रहने छ ।  मन्दिरमा कृष्ण झुला, यज्ञ, होम, भजनकिर्तन जस्ता कार्यक्रमहरु हुनेछ ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा हुने मन्दिर उद्घाटन तथा विभिन्न पूजा, यज्ञ, अनुष्टानमा सहभागि हुन वडावासी, नगरवासी लगायत श्रद्धालु भक्तजनहरुलाई वडा अध्यक्ष राजिव थापाले आग्रह गर्नु भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिरमा निम्न कार्यक्रमहरु हुनेछन् । 

१) वार्षिक पुजा, यज्ञ होम, कृष्ण झुला – बिहान ८ः०० बजेबाट
२) पुनःनिर्मित मन्दिरको समुद्घाटन – मध्यान्न १:०० बजे
३) दाताहरुमा अभिनन्दन (माल्यार्पण) – मध्यान्न १:३० बजे
४) प्रसाद वितरण – मध्यान्न २:०० बजे
५) भजनकिर्तन -मध्यान्न ३:०० बजे पछि

फेसबुक प्रतिक्रियाहरु