शुक्रबार, चैत्र १, २०८१
  • होमपेज
  • गोकर्णेश्वर ५ मा काँग्रेसको प्यानल नै विजय, वडा अध्यक्षमा ९३२ मतान्तर
Breaking News

गोकर्णेश्वर ५ मा काँग्रेसको प्यानल नै विजय, वडा अध्यक्षमा ९३२ मतान्तर

जुनेली न्युज काठमाडौं।

गोकोर्नेश्वर नगरलीका वडा नं ५ को वडा अध्यक्षमा पुनः नारायण सुवेदीको विजय भएको छ। उनी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका थिए। उनले आफ्नो प्रतिस्पर्धीलाई ९३२ मतले पराजित गरेका हुन्।

उनी अघिल्लो चुनावमा पनि वडा अध्यक्ष भएर कार्यकाल समालेका थिए।

वडा नं ५ को सम्पूर्ण प्यानल नै नेपाली काँग्रेस बाट विजय भएका छन्। जसमा खुल्ला सदस्य श्री बहादुर योगी, धर्म थिङ लामा, महिला सदस्य लक्ष्मी पुडासैनी, दलित महिला सदस्य कमला नेपालीले जीत हात परेका हुन्।

त्यसै गरी नेपाली काँग्रेस बाट मेयरमा दीपक रिसालको अग्रता रहेको छ भने उप मेयरमा पनि शान्ति नेपालको अग्रता रहेको छ।

 

फेसबुक प्रतिक्रियाहरु