शुक्रबार, फाल्गुन ३०, २०८१
  • होमपेज
  • मेलमिलाप दिवसको अवसरमा देउवा पुगे सुन्दरीजलको विपी संग्रालय
Breaking News

मेलमिलाप दिवसको अवसरमा देउवा पुगे सुन्दरीजलको विपी संग्रालय

जुनेली न्युज, काठमाडौं। पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेसका सभापति तथा प्रधनमन्त्री शेरबहादुर देउवा गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलमा रहेको बिपी संग्रालयमा आई विपीको शालिकमा माल्यार्पण गरेका छन्।

देउवा सहित काठमाडौं क्षेत्र नं ३ काँग्रेसका नेताहरुको उपस्थितिमा विपीको सम्झना र उनले ल्याएको मेलमिलाप नीतिको सम्मान स्वरुप सो कार्यक्रम भएको हो।

नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसले जननेता वीपी कोइरालाको मेलमिलाप र एकताको नीतिको सम्झना गर्दै हरेक बर्ष पुस १६ गते यो दिवस मनाउने गरिन्छ ।

प्रजातन्त्र स्थापनाको लागि संघर्षरत वीपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले मृत्युदण्डको सजायँ सुनाएपछि वीपी लगायतका कांग्रेस नेताहरु २०२५ सालमा भारत प्रवासमा गएका थिए । ८ बर्षको प्रवास जीवन त्यागेर कांग्रेस नेताहरु विक्रम संवत् २०३३ साल पुस १६ गते राष्ट्रियता जोगाउन मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

कोइरालाले नेपालका राजनीतिक दल र राजा मिलेर राष्ट्रियताको रक्षा गर्नुपर्ने अवधारणा अघि सारेका थिए । मेलमिलापको नीति लिएर वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु स्वेदश फर्किए पनि तत्कालीन राजा महेन्द्रले उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्रेर जेल चलान गरेका थिए ।

राष्ट्रियता जोगाउन सबै पक्षबीच मेलमिलाप र एकताको आवश्यकता औंल्याएका वीपीको सिद्धान्तलाई कांग्रेसले पछिल्ला दिनहरुमा भूल्दै गएको कांग्रेस नेताहरुले नै बताउने गरेका छन्

फेसबुक प्रतिक्रियाहरु